दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ, ६ चैत – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा दुईवटा फर्मलाई जरिवाना गरेको छ। स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि काठमाडौँ महानगरपालिका सिनामङ्गलस्थित जमकटेल फर्मलाई रु दुई लाख पाँच हजार जरिवाना गरिएको विभागले जनाएको छ।

त्यसैगरी, भक्तपुरको सल्लाघारीमा रहेको ख्वप हार्डवेयरलाई रु २० हजार जरिवाना गरिएको छ। दुवै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको हो। विभागले यससँगै अन्य ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको जनाएको छ। विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।

Facebook Comments Box