पछिल्लो तिन दिन देखी देशभर एक जनामा पनि कोरोना संक्रमण देखिएकाे छैन

काठमाडौं, ३ पुस – पछिल्लो तिन दिन देखी देशभर एक जनामा पनि कोरोना संक्रमण देखिएकाे छैन । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १९९ जनाको आरटी पीसीआर परिक्षण गर्दा शुन्य कोरोना संक्रमण रहेकाे छ ।

अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार १४६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ११ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९१६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १९ पुगेको छ ।

Facebook Comments Box