इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानी हत्या

काठमाडौँ, २५ साउन – इक्वेडरमा राष्ट्रपतीय निर्वाचनका लागि जारी चुनावी अभियानका क्रममा एक उम्मेदवारको गोली हानी हत्या भएको छ।

बीबीसीका अनुसार देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियोलाई उत्तरी सहर क्विटोमा चुनावी कार्यक्रम छाडेर आफ्नो कारमा चढ्ने क्रममा बुधबार आक्रमण भएको हो।

Facebook Comments Box