आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २७ फागुन – नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा तोकिएको छ ।

यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ २७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २२ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ११ पैसा र बिक्रीदर ४० रुपैयाँ २७ पैसा तोकिएको छ ।

त्यसैगरी थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४० रुपैयाँ ०८ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४८० रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ८८ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

त्यस्तै भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Facebook Comments Box