सुनसरी–१ मा रास्वपाकी गोमा तामाङको अग्रता, हर्क साम्पाङ पछि
सुनसरी, २२ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङ सरिनले सुरुआती अग्रता लिएकी छन्।
प्रारम्भिक मतगणनाअनुसार रास्वपाकी तामाङले ४६१ मत प्राप्त गरेकी छन्। श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङले १५४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १०७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्द्ब श्रेष्ठले ९५ मत ल्याएका छन्। नेपाल कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ४१ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का टिकाराम लिम्बुले २० मत पाएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
Facebook Comments Box

