पल शाहविरुद्ध बलात्कार मुद्दा : पीडित १६ वर्षमुनिको भएको पुष्टि, १४ वर्ष कैद माग
काठमाडौं, ३ चैत्र – नाबालिग बलात्कार अभियोग लागेका पल शाह तनहुँ प्रहरीको हिरासतमा हुँदै नवलपुरमा पुर्पक्ष बहस हुने भएको छ।
दुवैतिर एकसाथ मुद्दा चल्ने भएकाले नवलपुर अदालतमा अभियुक्तलाई पेस नगरिने भएको हो।
तनहुँमा पनि अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। यौन हिंसामा ४ लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ। बलात्कारको अभियोगमा १२ देखि १४ वर्ष कैद माग गरिएकाे छ। नाबालिग १६ वर्षमुनिको भएको पुष्टि भएकाे छ। नाबालिग १५ वर्ष ८ महिना ४ दिनको मात्रै भएको अभियोजन पत्रमा उल्लेख छ।
Facebook Comments Box

