मोरङका तीन निर्वाचन क्षेत्रमा मतगणना सुरु, रास्वपाको प्रारम्भिक अग्रता

मोरङ, २२ फागुन – मोरङका तीनवटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। प्रारम्भिक परिणामअनुसार मतगणना सुरु भएका तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारले अग्रता कायम गरेका छन्। मोरङ क्षेत्र नं १ मा रास्वपाका यज्ञमणि न्यौपाने ले ९६७ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ। शान्ति पाख्रिन (श्रम संस्कृति पार्टी) ले ६४३, खड्ग फागो (नेपाली कांग्रेस) ले ४३७ र घनश्याम खड्का (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले २३७ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी मोरङ क्षेत्र नं ४ मा रास्वपाका सन्तोष राजवंशी ले १,६३० मतसहित प्रारम्भिक अग्रता कायम गर्नुभएको छ। गुरुराज घिमिरे (नेपाली कांग्रेस) ले ३६०, अमनलाल मोदी (नेपाल कम्युनिष्ट पार्टी) ले ३३८ र जीवन घिमिरे (नेकपा एमाले) ले २५२ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै मोरङ क्षेत्र नं ५ मा रास्वपाकी आशा झा ले १,२२९ मतसहित अग्रता लिनुभएको छ। राजकुमार यादव (जनता समाजवादी पार्टी) ले ५६५, शिवकुमार मण्डल (नेपाल कम्युनिष्ट पार्टी) ले ३४५ र फुलकुमार लालवानी (नेपाली कांग्रेस) ले ३२७ मत प्राप्त गर्नुभएको छ। मतगणना जारी रहेकाले नतिजा अझै परिवर्तन हुन सक्ने जनाइएको छ।

Facebook Comments Box