काठमाडौँका विभिन्न क्षेत्रमा मतगणना जारी, प्रारम्भिक नतिजा सार्वजनिक

काठमाडौँ, २२ फागुन – काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा निर्वाचन आयोग ले प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार काठमाडौँ क्षेत्र नं १० मा प्रदीप विष्ट (राष्ट्रिय स्वतन्त्र पार्टी) दुई हजार ५५१ मतसहित अग्रस्थानमा हुनुहुन्छ। हिमाल कार्की (नेपाली कांग्रेस) ले ५४५, विनोद श्रेष्ठ (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले २८६, बलराम थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले २०४ मत प्राप्त गर्नुभएको छ। राकेश न्यौपाने (उज्यालो नेपाल पार्टी) ले ७८ र रुपा महर्जन (नेपाल कम्युनिष्ट पार्टी) ले ५४ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी काठमाडौँ क्षेत्र नं ८ मा विराजभक्त श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) तीन हजार २९० मतसहित अग्रस्थानमा हुनुहुन्छ। सपना राजभण्डारी (नेपाली कांग्रेस) ले ३४९, सुमन सायमी (नेपाल कम्युनिष्ट पार्टी) ले ३४८, नवीन शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले २३६ र राजेश शाक्य (नेकपा एमाले) ले २३१ मत प्राप्त गर्नुभएको छ।

काठमाडौँ क्षेत्र नं ७ मा गणेश पराजुली (राष्ट्रिय स्वतन्त्र पार्टी) एक हजार ४८१ मतसहित अगाडि हुनुहुन्छ। प्रकाश श्रेष्ठ (नेकपा एमाले) ले ३०८, प्रमोदहरि गुरागाईँ (नेपाली कांग्रेस) ले २८२ र वसन्तप्रसाद मानन्धर (नेपाल कम्युनिष्ट पार्टी) ले २०८ मत प्राप्त गर्नुभएको छ।

काठमाडौँ क्षेत्र नं १ को प्रारम्भिक विवरणअनुसार रञ्जु न्यौपाने (राष्ट्रिय स्वतन्त्र पार्टी) तीन हजार १२९ मतसहित अग्रस्थानमा हुनुहुन्छ। प्रबल थापा क्षेत्री (नेपाली कांग्रेस) ले एक हजार ६९५, रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ८८२ र मोहनराज रेग्मी (नेकपा एमाले) ले २७२ मत प्राप्त गर्नुभएको छ।

काठमाडौँ क्षेत्र नं २ मा सुनिल केसी (राष्ट्रिय स्वतन्त्र पार्टी) ४२४ मतसहित अगाडि हुनुहुन्छ। मणिराम फुँयाल (नेकपा एमाले) ले २३६ र कबिर शर्मा (नेपाली कांग्रेस) ले १९४ मत प्राप्त गर्नुभएको छ।

काठमाडौँ क्षेत्र नं ३ मा कुलमान घिसिङ (उज्यालो नेपाल पार्टी) एक हजार ८४६ मतसहित अग्रस्थानमा हुनुहुन्छ। राजुनाथ पाण्डे (राष्ट्रिय स्वतन्त्र पार्टी) ले एक हजार ५६०, रमेश अर्याल (नेपाली कांग्रेस) ले ५८३ र रामेश्वर फुँयाल (नेकपा एमाले) ले ४५६ मत प्राप्त गर्नुभएको छ।

बिहान ४ः३० बजे उपलब्ध विवरणअनुसार काठमाडौँ क्षेत्र नं ४ मा पुकार बम (राष्ट्रिय स्वतन्त्र पार्टी) ८६५ मतसहित अगाडि हुनुहुन्छ। राजन भट्टराई (नेकपा एमाले) ले २७४, सचिन तिमिल्सिना (नेपाली कांग्रेस) ले २१३ र झनकबहादुर अधिकारी (उज्यालो नेपाल पार्टी) ले १०० मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी काठमाडौँ क्षेत्र नं ५ मा सस्मित पोखरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) एक हजार ४२४ मतसहित अग्रस्थानमा हुनुहुन्छ। प्रदीप पौडेल (नेपाली कांग्रेस) ले ४१२, ईश्वर पोखरेल (नेकपा एमाले) ले २८५ र कमल थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ५५ मत प्राप्त गर्नुभएको छ। अन्य निर्वाचन क्षेत्रको मतगणना विवरण भने आउन बाँकी रहेको आयोगले जनाएको छ।

Facebook Comments Box