नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु

काठमाडौं, ११ भदौ – नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु भएको छ । आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले चार मापदण्डसहित खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो ।

क्यानका अनुसार तीन क्याटेगोरीमा खेलाडी दर्ता हुनेछन् । खेलाडी दर्ताको समय यही भदौ १५ गतेसम्म तोकिएको छ । नेपाल टी-२० डट कमको प्लेयर रजिष्टेसनमा गएर फर्म भर्न सकिनेछ ।

मापदण्ड यस्ता छन् 

१ खेलाडीले सन् २०१८ देखि नियमितरुपमा राष्ट्रिय खेलकुद, पीएम कप तथा मेयर कप खेलेको हुनुपर्ने

२ सन् २०१८ देखि नेपालको यू-१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेको हुनुपर्ने

३ सन् २०१८ देखि सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेका खेलाडीलाई प्राथमिकता दिइने

४ सन् २०१८ देखि फ्रेन्चाइज लिग खेलेका खेलाडीलाई प्राथमिकता दिइने

Facebook Comments Box