महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

महोत्तरी, २१ फागुन – जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्मा का अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उहाँमाथि आक्रमण गरेको हो। घटना गए रातिको बताइएको छ।

आक्रमणबाट कापरको छाती, पिठ्युँ तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उहाँको जनकपुर मा उपचार भइरहेको छ। आक्रमणपछि उहाँले प्रहरी–प्रशासनलाई खबर गर्नुभएको र तत्काल उद्धार गरी अस्पताल पठाइएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिनुभयो। घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box