खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन
काठमाडौँ, १३ फागुन – निर्वाचन प्रक्रिया जारी रहेका बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी तथा उपभोक्तामाथि ठगीसम्बन्धी गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारेको छ ।अनुगमनका क्रममा कैफियत भेटिएपछि विभागले कुलेश्वरस्थित जेएस जनरल स्टोरलाई रु १० हजार जरिवाना गरेको जनाएको छ । उक्त कारबाही उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम गरिएको हो ।
विभागका अनुसार एकै दिन २० वटा फर्ममा अनुगमन निरीक्षण गरिएको थियो । तीमध्ये १९ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित सरोकारवालाको उपस्थितिमा अनुगमन गरिएको जनाउँदै विभागले कैफियत देखिएका फर्मलाई कारबाहीको दायरामा ल्याइएको स्पष्ट पारेको छ ।
Facebook Comments Box

