प्रधानमन्त्रीसँग श्रीलङ्काका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २१ माघ – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलङ्काकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूत डेल्पिटियालाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो

Facebook Comments Box