त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ कर्मचारी पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काममा खटिएका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालिमार्फत विमानस्थल सरसफाइमा कार्यरत ४० वर्षीय डिकबहादुर राउत रहेका छन् । उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार राउतले विमानस्थल परिसरमा रहेका डस्टबिनबाट फोहर संकलन गर्ने क्रममा सुन निकालेर बाहिर लैजान खोजेको अवस्थामा पक्राउ गरिएको हो ।

शंकास्पद फोहरको पोको स्क्रिनिङ गर्दा ४.४ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box