दुर्गा प्रसाईं पोखराबाट पक्राउ

गण्डकी, ५ माघ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । उहाँलाई आज दिउँसो पक्राउ गरी काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

“उहाँको मुद्दा काठमाडौँमा रहेकाले उतै पठाउन लागिएको हो,” प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो । यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईंमाथि कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो ।

प्रसाईंले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गर्नुभएको थियो । सोही विषयमा आयोगले पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको जनाइएको छ ।

Facebook Comments Box