सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलद्वारा राजीनामा
काठमाडौँ, ५ माघ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा पेस गर्नुभएको हो ।
राजीनामा पत्रमा मन्त्री खरेलले वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच नआओस् भन्ने उद्देश्यले दलीय राजनीतिमा सक्रिय हुनुअघि पद त्याग गर्ने निर्णय लिएको उल्लेख गर्नुभएको छ ।
“वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्षमा अब दलीय राजनीतिमार्फत सक्रिय एवं उत्तरदायी भूमिका निर्वाह गर्न वाञ्छनीय निष्कर्षमा पुगेको छु । त्यसैले वर्तमान सरकारको स्वतन्त्र पहिचान जोगाउन पदबाट राजीनामा दिने निर्णय लिएको हुँ,” राजीनामा पत्रमा उल्लेख छ ।
Facebook Comments Box

