सुनसरीमा निर्वाचन अधिकृतका कार्यालय स्थापना

सुनसरी, २ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लामा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ४ अन्तर्गत इनरुवास्थित शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको छ ।

निर्वाचन क्षेत्र नं ३ को कार्यालय दुहवीस्थित पशु सेवा तालिम केन्द्रमा, निर्वाचन क्षेत्र नं २ को कार्यालय इनरुवास्थित शिक्षा तालिम केन्द्रमै तथा निर्वाचन क्षेत्र नं १ को कार्यालय धरान–८ स्थित सभागृहमा स्थापना गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा मुख्य निर्वाचन अधिकृतका रूपमा प्रकाश राउतलाई तोकिएको छ भने निर्वाचन अधिकृतका रूपमा दिव्यराज घिमिरे, राजेन्द्रकुमार लम्साल र पदमबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ ।

कार्यालय स्थापना भएसँगै आजदेखि निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया निर्वाचन अधिकृतको कार्यालयमार्फत सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो । चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता रहेका छन् ।

Facebook Comments Box