आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौँ, २६ पुसः देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु÷कुहिरो लागेको छ भने बाँकी तराईका थोरै स्थानमा पनि हुस्सु देखिएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु वा कुहिरो रहने सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ । देशका पहाडी तथा हिमाली भू–भागमा भने मौसम प्रायः सफा रहनेछ ।

Facebook Comments Box