सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४काे मृत्यु , १४ घाइते

काठमाडौं, ६ वैशाख – सल्यान को बनगाड कुपिण्डे नगरपालिकास्थित पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराई का अनुसार पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको मेहेलकुना मा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या ४ पुगेको हो।

यसअघि ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको घटनास्थलमै मृत्यु भएको थियो। मृतक सबै बनगाड कुपिण्डे नगरपालिका–८ का रहेका छन्। शनिबार साँझ कालीमाटीको लक्ष्मीपुरतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको थियो। जिपमा १८ जना सवार रहेकामा १४ जना घाइते भएका छन्।

उद्धार कार्यमा खटिएका वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर पुरी का अनुसार घाइतेहरूलाई उद्धार गरी मेहेलकुना अस्पताल पुर्‍याइएको थियो। प्रहरीका अनुसार ८ जनाको नर्सिङ होम, २ जनाको न्युरो अस्पताल र अन्य घाइतेलाई थप उपचारका लागि बाँके पठाइएको छ।

Facebook Comments Box