प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत

काठमाडौँ, २१ पुस – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रूपमा तोकेको छ। यसअघि आयोगले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने तय भइसकेको छ।

सो निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम यही पुस २५ गतेदेखि लागू हुने गरी न्याय परिषद्को परामर्शमा कुल ८८ जनालाई मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार नियुक्त मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ। साथै, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न आयोगले आग्रह गरेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था रहेको छ।

Facebook Comments Box