काठमाडौँ उपत्यकामा ४६१ जना सहित देशभर थप १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २० असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४६१ जना सहित देशभर थप १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४६१, भक्तपुरमा ३१ र ललितपुरमा ८८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ४ हजार ८८६ आरटी पीसीआर तथा ३ हजार २५६ एन्टीजेन परिक्षण सहित ८ हजार १३२ जनाको परिक्षण गर्दा १ हजार ६०३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ७५९ रहेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ९१९ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ५५२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार २२५ रहेको छ

Facebook Comments Box