पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, २० पुस – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा यस वर्ष दोस्रोपटक हिमपात भएको छ। यसअघि गत मङ्सिर ६ गते सो क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो। हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा क्षेत्रमा विगतमा मङ्सिर महिनादेखि नै हिमपात हुने गरेकामा यस वर्ष ढिलोगरी हिमपात भएको हो।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो। हिमपात भए पनि तीर्थयात्रीलाई सहज आवतजावत गराउन पदमार्गमा फाइबरको ट्रस जडान गरिएको समितिले जनाएको छ। यस व्यवस्थाले वर्षा र हिमपातका बेला पनि पाथीभरा धामसम्म पुग्न तीर्थयात्रीलाई सहज हुने विश्वास गरिएको छ।

Facebook Comments Box