सभामुख घिमिरे र उपसभामुख रानामगरको कार्यकाल समाप्त
काठमाडौँ, १३ पुस – सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल सकिएको छ। फागुन २१ गते तय भएको प्रतिनिधिसभा चुनावका लागि दलहरूले समानुपातिकतर्फ उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएसँगै दुवै पद रिक्त भएका हुन्।
निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको सूची बुझाउने समय आज र भोलि निर्धारण गरेको छ। संविधानअनुसार उम्मेदवारी दर्ताको पूर्वसन्ध्यादेखि सभामुख र उपसभामुख पद रिक्त हुने व्यवस्था छ।
त्यहीअनुसार दुवैको कार्यकाल हिजोबाट नै समाप्त भएको मानिनेछ। देवराज घिमिरे २०७९ माघ ५ गते सभामुखमा निर्वाचित भएका थिए भने इन्दिरा रानामगर माघ ७ गते उपसभामुखमा निर्वाचित भएकी थिइन्।
Facebook Comments Box

