प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्य उम्मेद्वारको खर्च सीमा तोकियो

काठमाडौँ, १४ पुस  – निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको खर्च सीमा निर्धारण गरेको छ। आयोगका अनुसार राष्ट्रियसभा सदस्यका उम्मेद्वारले अधिकतम रु तीन लाख ५० हजार सम्म खर्च गर्न पाउनेछन्। खर्च शीर्षकअनुसार तोकिएको सीमा यस प्रकार रहेको छः

  • मतदाता नामावली खरिद : रु १ हजार

  • सवारी साधन : रु ७० हजार

  • सवारी इन्धन : रु १० हजार

  • प्रचारप्रसार सामग्री : रु १४ हजार ५००

  • ढुवानी : रु १० हजार

  • गोष्ठी तथा अन्तरक्रिया : रु १ लाख

  • अन्य प्रचारप्रसार (छापा तथा विद्युतीय माध्यम) : रु १४ हजार ५००

  • कार्यालय सञ्चालन : रु ७० हजार

  • प्रतिनिधि परिचालन : रु ३० हजार

  • विविध शीर्षक : रु ३० हजार

आयोगले उम्मेद्वारलाई निर्वाचन खर्चका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्न र सोही खातामार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ। साथै खर्च व्यवस्थापनका लागि उम्मेद्वारले जिम्मेवार पदाधिकारी तोक्नुपर्नेछ। निर्वाचन सम्पन्न भएपछि उम्मेद्वारले आफ्नो खर्च विवरण सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार आयोगमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

Facebook Comments Box