यी स्थानमा काटिँदैछ बिजुली

काठमाडौँ, १२ पुस – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुनेछ।

बिजुली कटौती हुने क्षेत्रहरूमा लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्र रहेका छन्। यसैगरी राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुने महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण प्रणाली भूमिगत गर्ने कार्य सम्पन्न भइसकेपछि केवल जडान गर्नुपर्ने भएकाले अस्थायी रूपमा बिजुली कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ। तोकिएको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा पुनः सुचारु गरिने सूचनामा उल्लेख गरिएको छ।

Facebook Comments Box