भक्तपुरमा निर्माणाधीन घरभित्र मजदुरको हत्या, एक पक्राउ
काठमाडौँ, ७ पुस – भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनास्थित निर्माणाधीन एक घरमा मजदुरको हत्या भएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब सवा ६ बजे निर्माणाधीन घरको भुइँतलामा सोही स्थानमा काम गर्ने ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा फेला परेका थिए। ठकुरी उदयपुरका स्थायी बासिन्दा हुन्।
घटनाको अनुसन्धानका क्रममा सोही घरमा काम गर्ने अर्का मजदुरको संलग्नता देखिएपछि धनकुटाको सागुरीगढी गाउँपालिका–३ निवासी २७ वर्षीय सञ्जिव याखालाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार याखाले आइतबार राति कुटपिट गरी ठकुरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

