यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ७ पुस – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि तोकिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर रु १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर रु १४३ रुपैयाँ १४ पैसा कायम गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर रु १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर रु १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर रु १९० रुपैयाँ ७० पैसा र बिक्रीदर रु १९१ रुपैयाँ ५१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर रु १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर रु १७९ रुपैयाँ ९७ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर रु ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर रु ९४ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर रु १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर रु १०३ रुपैयाँ ७१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर रु ११० रुपैयाँ २४ पैसा र बिक्रीदर रु ११० रुपैयाँ ७० पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर रु नौ रुपैयाँ ०३ पैसा र बिक्रीदर रु नौ रुपैयाँ ०७ पैसा, चिनियाँ युआन एकको खरिददर रु २० रुपैयाँ २४ पैसा र बिक्रीदर रु २० रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर रु ३८ रुपैयाँ र बिक्रीदर रु ३८ रुपैयाँ १६ पैसा तथा कतारी रियाल एकको खरिददर रु ३९ रुपैयाँ र बिक्रीदर रु ३९ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर रु चार रुपैयाँ ५४ पैसा र बिक्रीदर रु चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर रु ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर रु ३८ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर रु ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर रु ३५ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर रु नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर रु नौ रुपैयाँ ७० पैसा कायम गरिएको छ।
त्यस्तै, स्वीडिस क्रोनर एकको खरिददर रु १५ रुपैयाँ ३८ पैसा र बिक्रीदर रु १५ रुपैयाँ ४४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर रु २२ रुपैयाँ ३४ पैसा र बिक्रीदर रु २२ रुपैयाँ ४४ पैसा तोकिएको छ। राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर रु १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर रु १८ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर रु ४६३ रुपैयाँ ९४ पैसा र बिक्रीदर रु ४६५ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर रु ३७८ रुपैयाँ ११ पैसा र बिक्रीदर रु ३७९ रुपैयाँ ७० पैसा तथा ओमनी रियाल एकको खरिददर रु ३७० रुपैयाँ २३ पैसा र बिक्रीदर रु ३७१ रुपैयाँ ७९ पैसा कायम गरेको छ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर रु १६० रुपैयाँ र बिक्रीदर रु १६० रुपैयाँ १५ पैसा तोकिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन हुनसक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

