‘बाटो प्रयोग भयो भनेर कर असुल्न नपाइने’ : अर्थ मन्त्रालय

काठमाडौँ, २४ मंसिर – अर्थ मन्त्रालयले ढुवानीका क्रममा केवल बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत रहेको स्पष्ट पारेको छ। संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रदेश र स्थानीय तहलाई प्रदेश–प्रदेश वा स्थानीय तह–स्थानीय तहबीच चल्ने स्थानीय रूपमा उत्पादित वस्तुहरूको ढुवानीमा कर लगाने अधिकार नभएको मन्त्रालयले जनाएको हो।

हाल केही स्थानीय तहहरूले आफ्नो क्षेत्र हुँदै गुड्ने मालसामानमा विभिन्न कर तथा शुल्क लगाउँदै आइरहेका छन्। यस्ता असुलीहरूले कृषक तथा व्यापारीमा नकारात्मक प्रभाव पर्न थालेपछि मन्त्रालयले चासो देखाएको हो।

मन्त्रालयका अनुसार अर्को जिल्ला वा स्थानीय तहबाट पठाइएको सामानमा केवल मार्ग प्रयोग भएको आधारमा कर लिन नपाइने स्पष्ट व्यवस्था छ। यही मंसिर २३ गते बसेको बैठकले सो विषयमा निर्णय गर्दै सबै प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक जानकारी गराउन अनुरोध गरेको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले बताए।

Facebook Comments Box