एमाले महाधिवेशनमा २,४६३ प्रतिनिधि सहभागी हुने
काठमाडौँ, २४ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि संख्या अन्तिम रूपमा टुंगिएको छ। पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका संयोजक काशीनाथ अधिकारीका अनुसार निर्वाचित, विशेष क्षेत्र र पदेन मिलाएर कुल २,१५४ प्रतिनिधि चयन गरिएका छन्।
यससँगै पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ सदस्य पनि महाधिवेशनमा सहभागी हुनेछन्। दुवै समूह मिलाएर महाधिवेशन हलमा जम्मा २,४६३ जना प्रतिनिधिहरू रहने व्यवस्थापन समितिले जनाएको छ। समितिले महाधिवेशनका लागि आवश्यक प्रतिनिधि परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको पनि जानकारी दिएको छ।
Facebook Comments Box

