काठमाडौँ उपत्यकामा १ सय ४९ जना सहित देशभर थप २६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १३ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ४९ जना सहित देशभर थप २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११२, भक्तपुरमा ८ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ५३६ आरटी पीसीआर तथा ४ हजार ३० एन्टीजेन परिक्षण सहित १२ हजार ५६६ जनाको परिक्षण गर्दा थप २६४ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९३७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २६० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ११ हजार २६५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५८८ रहेको छ ।

Facebook Comments Box