जेनजी प्रदर्शनका क्रममा फरार कैदीबन्दी पक्राउ

काठमाडौँ, २३ मङ्सिर – जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका एक कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा सजाय भोगिरहेका गोरखा, सिरानचोक–८ का २२ वर्षीय सुविन गुरुङलाई प्रहरीले सोमबार काठमाडौँ तारकेश्वर–मनमैजुबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार गुरुङ भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बीच कारागारबाट भागेका थिए। त्यसयता उनी लुकीछिपी बस्दै आएका थिए। उनीलाई पक्राउ गरी पुनः केन्द्रीय कारागारमा पेस गरिएको वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो।

Facebook Comments Box