चितवनबाट फरार बन्दी झापामा पक्राउ

झापा, ८ मङ्सिर – जेनजी आन्दोलनका क्रममा चितवन कारागारबाट फरार भएका एक बन्दी झापामा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

सुब्बा सालकको अखेटोपहार (सुरक्षासम्बन्धी गैरकानुनी गतिविधि) मुद्दामा चितवन कारागारमा थुनामा रहेका थिए। फरार भएपछि उनी आफ्नै घरमा लुकिछिपी बस्दै आएको भन्दै प्रहरीले खोजतलासका क्रममा आइतबार घरबाटै पक्राउ गरेको जनाएको छ। पक्राउपछि सुब्बालाई इलाका प्रहरी कार्यालय झिलझिलेमै राखी आवश्यक प्रक्रिया पूरा गरेर पुनः चितवन कारागार पठाइने भएको छ।

Facebook Comments Box