राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्किँदै

काठमाडौँ, २० कात्तिक – राष्ट्रपति रामचन्द्र पौडेल आज अपराह्न कतारबाट स्वदेश फर्किँदै छन्। उहाँले कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर फर्किन लाग्नुभएको हो।

राष्ट्रपति पौडेलले गत मङ्गलबार सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै सामाजिक विकासका तीन प्रमुख स्तम्भ — गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी तथा सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण — सुदृढीकरणका विषयमा विचार प्रस्तुत गर्नुभएको थियो। सम्मेलनमा विभिन्न मुलुकका राष्ट्रप्रमुख, मन्त्री, विज्ञ र नीति निर्माता सहभागी भएका थिए।

Facebook Comments Box