नेकपा एमाले बारा क्षेत्र नम्बर २ को उम्मेदवार आज टुंगो लगाउँदै

काठमाडौं, २० चैत – नेकपा एमालेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा क्षेत्र नम्बर २ को उम्मेदवार आज टुंगो लगाउँदै छ। आज उम्मेदवार टुंगो लगाएर मनोनय गराउने कार्यक्रम रहेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए। वैशाख १० गते बारा–२ सहित तनहुँ–१ र चितवन–२ मा पनि उपनिर्वाचन हुँदै छ।

रिमालका अनुसार ३ वटै क्षेत्रमा एमालेको आफ्नै उम्मेदवार हुनेछ। ‘हामीले शनिबार बसेको बैठकबाटै टुंग्याएका थियौं। केही प्राविधिक कारणले घोषणा नभएको हो। केहीबेरमा हामी बारा–२ को उम्मेदवारको नाम सार्वजनिक गर्छौं।’ रिमालले भने। उपनिर्वाचन हुने तीनै क्षेत्रमा आज उमेदवारको मनोनय हुँदै छ।

तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उमेदवारी मनोनयका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ। एमालेको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उमेदवार बनाउने निर्णय गरेको थियो।

Facebook Comments Box