गौशालाको माछा बजारमा शव फेला

महोत्तरी, ८ कात्तिक – महोत्तरीको गौशाला बजारमा आज बिहान एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। स्थानीय माछा बजार क्षेत्रमा करिब २५ वर्षीय युवकको शव देखिएपछि प्रहरीले मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मृतकको प्रारम्भिक पहिचान सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चिया निवासी २५ वर्षीय रामानन्द बैठाका रूपमा भएको हो।

शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थलमा पुगेर प्रहरीले आवश्यक मुचुल्का कार्य सम्पन्न गरी शवलाई प्रादेशिक अस्पताल जलेश्वरमा पोष्टमार्टमका लागि पठाएको जनाएको छ।

स्थानीयका अनुसार मृतक बैठा करिब तीन–चार वर्षदेखि गौशालाका विभिन्न होटलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए। केही समयदेखि बिरामी रहेका उनी गएराति मृत्यु भएको हुनसक्ने स्थानीयवासीहरूको अनुमान छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Facebook Comments Box