१३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ
काठमाडौँ । मोरङमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लेटाङ नगरपालिका–६ का २१ वर्षीय विकास भन्ने भुवानीप्रसाद लम्साल रहेका छन्। प्रहरीका अनुसार गत कात्तिक २८ गते साँझ लेटाङमा आयोजित कार्यक्रम हेरेर घर फर्किने क्रममा युवकले किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ।
किशोरीले दिएको उजुरीका आधारमा प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। घटनापछि फरार रहेका लम्साललाई पहिचान गरी शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box

