मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज शपथ लिँदै

काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आज बिहान १० बजे शपथ लिनुहुने कार्यक्रम तय भएको छ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

Facebook Comments Box