मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा राजीनामा
धनुषा, २८ असोज – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेशसभाको रोष्टमबाटै राजीनामा घोषणा गर्नुभएको छ । विश्वासको मत लिने समयसीमाको अन्तिम दिन उहाँले मत विभाजनको प्रक्रिया अघि नबढाई पदत्याग गर्नुभएको हो ।
उहाँले आफ्नो वक्तव्यको अन्त्यमा राजीनामा घोषणा गरेपछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मत विभाजन आवश्यक नपर्ने बताउँदै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बैठक स्थगित गर्नुभयो ।
मुख्यमन्त्री सिंहले राजीनामाको घोषणा गर्दै आफ्ना पार्टी अध्यक्ष सिके राउतप्रति असन्तुष्टि जनाउँदै विभिन्न आरोप लगाउनुभयो । सिंहको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बाटो खुलेको छ ।
Facebook Comments Box

