भीमसेनस्थान नजिक आगलागी, क्षतिको विवरण सङ्कलन हुँदै

काठमाडौँ, १३ असोज – काठमाडौँ महानगरपालिका–२० भीमसेनस्थान नजिकको घरमा शुक्रबार बिहान आगलागी भएको छ। बिहान करिब ४ बजे लागेको आगो नेपाली सेना,

काठमाडौँ र ललितपुर महानगरपालिकाका दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिनुभयो।

आगो नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको थियो। “सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ,” उहाँले भन्नुभयो। हाल घटनास्थलमा क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको र थप जानकारी पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Facebook Comments Box