आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, २३ असोज – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टी पदाधिकारी बैठक आज ललितपुरको कुपण्डोलस्थित हिमालय होटलमा बस्ने भएको छ। बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको हो।बैठकमा यही असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डाबारे छलफल हुने नेताहरूले बताएका छन्।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी युवा आन्दोलन’पछि देउवाले पहिलोपटक औपचारिक रूपमा पदाधिकारी बैठक बोलाएका हुन्। आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै आक्रमण भएको थियो। आगजनीबाट निवास क्षतिग्रस्त भएपछि देउवा दम्पती हाल ललितपुरमा बस्दै आएका छन्। यद्यपि उनीहरू बसिरहेको ठेगानाबारे औपचारिक रूपमा जानकारी सार्वजनिक गरिएको छैन।

Facebook Comments Box