नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालन

चितवन, १८ असोज – बिहान पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

धादिङको बेनिघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारी गन्तव्यतर्फ पठाइएको छ। यस्तै, चितवनको इच्छाकामना–५ तुइनखोला पुलमा खसेको पहिरो हटेपछि यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो।

पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य अझै जारी रहेको छ। तर जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम भएकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ। निरन्तर वर्षासँगै ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले सडक उच्च जोखिमयुक्त रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box