प्रहरीका ६० जना एसपीको सरुवा, विभिन्न जिल्लामा नयाँ प्रमुख तोकिए

काठमाडौँ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षक डा. मनोज केसीले मंगलबार एसपीहरूको सरुवासम्बन्धी निर्णय गर्नुभएको हो।सरुवाअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्टलाई पठाइएको छ। पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ।

त्यस्तै, बर्दियामा बाल नरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार र सप्तरीमा रूपक खड्कालाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दाङमा श्यामु अर्याललाई पठाइएको छ। यसअघि काज सरुवामा पर्सा पुगेका पवनकुमार भट्टराई र सुनसरीमा रहेका पुष्पराज मल्लको दरबन्दीसमेत सोही जिल्लामा कायम गरिएको छ।

Facebook Comments Box