आजका लागि कालीमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक
काठमाडौँ, १८ असोज : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (१८ असोज) का लागि तोकिएको थोक मूल्य सार्वजनिक गरेको छ।
तरकारीतर्फ गोलभेँडा (नेपाली/भारतीय) प्रतिकिलो रु ८०, आलु रातो (लोकल) रु ५२, आलु रातो (भारतीय) रु ३०, आलु सेतो रु ४०, प्याज (भारतीय) रु ४०, गाजर (लोकल) रु १३०, बन्दा रु ४०, काउली रु १००, मूला रु ५०–८०, भन्टा रु ३०–४०, बोडी रु ६०–७०, घिउसिमी रु ९०, करेला रु ६०, लौका रु ६०, झिगुनी रु १००, फर्सी रु ३५–७०, पालुङ्गो साग रु २००, रायोसाग रु १४०, तोरीको साग रु ९०, च्याउ (कन्य) रु १५०, च्याउ (डल्ले) रु ३३०, कुरिलो रु ४००, ब्रोकाउली रु १२०, रातो बन्दा रु १८०, पार्सले रु १३००, पुदिना रु ८००, गुन्द्रुक रु ३०० कायम गरिएको छ।
फलफूलमा स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) रु ३००, केरा (दर्जन) रु १५०, अनार रु ३५०, सुन्तला रु १५०, जुनार रु २५०, नास्पाती (लोकल) रु ९०, नास्पाती (चाइनिज) रु २५०, मेवा रु ५०–१००, अम्बा रु १५०, लप्सी रु ८०, किबी र आभोकाडो प्रतिकिलो रु ३०० तोकिएको छ।
मसला तथा अन्यमा अदुवा प्रतिकिलो रु १२०, खुर्सानी हरियो रु ७०–९०, अकबरे खुर्सानी रु २००, भेडे खुर्सानी रु १३०, धनियाँ हरियो रु २००, लसुन (नेपाली) रु १६०, लसुन (चाइनिज) रु २२०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) रु ३४०, (बचुवा) रु २८० र (छडी) रु २४० कायम भएको समितिले जनाएको छ।

