राष्ट्रपतिले टीका लगाउनुभयो

काठमाडौँ, १६ असोज – राष्ट्रपति रामचन्द्र पौडेलले आज विजयादशमीका अवसरमा शुभ साइतमा टीका लगाउनुभयो । पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालले बिहान ११ः५३ बजे राष्ट्रपति पौडेललाई टीका लगाइ दिएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति पौडेलले पत्नी सविता पौडेलसहित परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिनुभयो । यो जानकारी राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले दिनुभएको हो ।

Facebook Comments Box