बुटवलमा स्कुटर दुर्घटना : दुई युवतीको मृत्यु, एक घाइते

बुटवल, १६ वैशाख – रुपन्देहीको बुटवल उपमहानगरपालिका मा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। पाल्पाको नुवाकोट बाट बुटवलतर्फ आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल–११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो।

मंगलबार साँझ करिब ७ बजे भएको दुर्घटनामा घाइते दुवै युवतीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बुटवल–१३ स्थित भ्यूटावर नजिकको ओरालोमा स्कुटर सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा चालक सोमन श्रेष्ठ गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय बुटवल का प्रहरी निरीक्षक थमन बिसीका अनुसार ओभरलोडका कारण स्कुटर नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। उक्त नुवाकोट–बुटवल सडक खण्डमा बारम्बार दुर्घटना हुने गरेको छ। पछिल्ला दुई वर्षमा मात्रै सो क्षेत्रमा ६ जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Facebook Comments Box