सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते
झापा, १६ असोज – बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको यात्रुवाहक बस दुर्घटनामा परेर सुनसरी इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
घाइते १३ जनाको उपचार स्थानीय बी एण्ड सी अस्पतालमा भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार रहेका कारण उनको खोजी भइरहेको प्रवक्ता खड्काले बताए ।
Facebook Comments Box

