डा. भट्टराईद्वारा नेसपा अध्यक्ष पद त्याग

काठमाडौँ, ८ असोज — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ।

बौद्धस्थित दीपज्योती बैंक्वेटमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा डा. भट्टराईले पदत्याग प्रस्ताव पेश गर्नुभएको र उक्त प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत स्वीकृत भएको पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिनुभयो।

पदत्यागसँगै पार्टीको महाधिवेशनसम्मको लागि उपाध्यक्ष दुर्गा सोबको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरिएको छ। सोब संयोजक, महासचिव सोनामसिंह स्याङ्तान सदस्य सचिव र प्रवक्ता कृष्ण शर्मा प्रवक्ताका रूपमा रहने निर्णय गरिएको पार्टीका केन्द्रीय सदस्य टङ्क धमलाले बताए। नेसपाले आउँदो फागुन महिनासम्म विशेष महाधिवेशन गर्ने तयारी गरेको छ।

Facebook Comments Box