दुई दिनमै ६५६ कैदीबन्दी कारागार फर्काइए
काठमाडौँ, ७ असोज – ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीमध्ये पछिल्ला दुई दिनमा ६५६ जनालाई पुनः कारागारमा फर्काइएको छ। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार हालसम्म कुल ६ हजार ९८४ कैदीबन्दी फर्किएका छन् भने अझै ७ हजार ५७२ जना फरार छन्।
गत भदौ २४ गते प्रदर्शनका क्रममा कारागार तोडफोड र आगजनी भएपछि १४ हजार ५५६ जना कैदीबन्दी फरार भएका थिए। विभागका अनुसार उनीहरू २८ कारागार र ९ सुधारगृहबाट भागेका हुन्। बालसुधारगृहबाट मात्रै ९६३ जना फरार भएका थिए। पक्राउ परेका केहीलाई प्रहरीले ल्याएको र अधिकांश आफैं फर्किएको विभागले जनाएको छ। यसबीचमा १० कैदीबन्दीको मृत्यु भएको समेत जानकारी गराइएको छ।
Facebook Comments Box

