पशुपतिमा अठारौँ नवरात्री महोत्सव सुरु

काठमाडौँ, ७ असोज – बडादसैँको अवसरमा पशुपति क्षेत्रमा सोमबारदेखि अठारौँ नवरात्री महामहोत्सव सुरु भएको छ। श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव असोज १६ गतेसम्म सञ्चालन हुनेछ।महोत्सवमा देवीभागवत प्रवचन, भजन–कीर्तन तथा दैनिक दुर्गा पूजासहित विभिन्न धार्मिक कार्यक्रम हुनेछन्।

उद्घाटन समारोहमा परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपतिलाई धार्मिक पर्यटन प्रवर्द्धन र धार्मिक सहिष्णुताको माध्यम बनाउन महोत्सव महत्त्वपूर्ण हुने बताए। महोत्सवको पूर्वसन्ध्यामा गुहेश्वरीदेखि बागमतीसम्म कलशयात्रा र विशेष महाआरती गरिएको थियो। घटस्थापनासँगै राजधानीसहित देशभरका दुर्गा मन्दिर सजाइने र पूजा–आराधना गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ।

Facebook Comments Box