सरकारद्वारा असोज १ मा शोक दिवस र सार्वजनिक बिदा घोषणा

काठमाडौं, ३० भदौ – सरकारले आउँदो असोज १ गते (पर्सि) देशभर शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन्।

उनका अनुसार जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गरिएको छ। सरकारकाे निर्णयअनुसार उनीहरूलाई राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनेछ।

मन्त्री अर्यालका अनुसार हालसम्म आन्दोलनका क्रममा देशभर ७२ जनाको मृत्यु भएको छ भने २ हजार ३१६ जना घाइते भएका छन्। तीमध्ये २८३ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

Facebook Comments Box