तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ
दमौली, ३० भदौ – तनहुँ कारागारबाट भदौ २४ गते राति जेन-जी आन्दोलनको अव्यवस्थाको मौका छोपेर फरार भएका ३२७ कैदीबन्दीमध्ये १०९ जना पुनः पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पक्राउ परेकामध्ये ६८ पुरुष कैदी, ९ महिला कैदी र ३२ जना थुनुवा छन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले फरार कैदीबन्दीलाई स्वेच्छिक रूपमा नजिकको प्रहरी कार्यालय वा कारागारमा सम्पर्क गर्न आग्रह गरेका छन्। उनले भने,
“देशको विकसित असामान्य परिस्थितिको फाइदा उठाई फरार भएका थुनुवा र कैदीबन्दीहरू तत्काल आत्मसमर्पण गर्न आउनुपर्छ, अन्यथा आवश्यकताका आधारमा बल प्रयोग गरी नियन्त्रणमा लिइनेछ।”
प्रहरीले फरार कैदीबन्दीहरू छरछिमेकमा देखिए तत्काल प्रहरीलाई जानकारी दिन स्थानीयवासीलाई समेत अपिल गरेको छ।
Facebook Comments Box

